मष्टा गाउँपालिका रनिङ सिल्ड प्रतियोगिताको दोस्रो दिन विभिन्न खेल सम्पन्न
माया कुमारी ताडि बझाङ – मष्टा गाउँपालिकाको आयोजनामा सञ्चालित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको दोस्रो दिन आज विभिन्न खेलका प्रतिस्पर्धा सम्पन्न भएका छन्। दोस्रो दिन एथलेटिक्स अन्तर्गत लङजम्प, ट्रिपलजम्प, ३००० मिटर दौड, सटपुट र ज्याभलिन थ्रो का फानल खेलहरू भएकाे एथलेटिक्स एम्पाईर सन्दाेष खड्का ले बताएका हुन ।
लङजम्प छात्रतर्फ सरस्वती माध्यमिक विद्यालयका ओमराज बोहराले ५.१ मिटर हानेर प्रथम स्थान हासिल गरे। दोस्रो स्थान कुलमष्टाजन माध्यमिक विद्यालयका पाण्डब कठायतले ४.९२ मिटर र सोही विद्यालयका तिलक थापाले ४.८७ मिटर तेर्साे स्थान हासिल गरेका हुन ।
लङजम्प छात्रातर्फ शारदा माध्यमिक विद्यालयकी सम्झना खड्काले ४.१ मिटर जम्प गर्दै प्रथम भइन्। दोस्रो स्थान सरस्वती माविकी रमिता द्वालले ३.८९ मिटर र कुलमष्टाजन माविकी स्मृति उपाध्यायले ३.७९ मिटर जम्प गर्दै तेस्राे स्थान हासिल गरेकाे एथलेटिक्स अर्का एम्पाईर डम्मर धामिले बताएका छन।
ट्रिपलजम्प छात्रतर्फ कुलमष्टाजन माध्यमिक विद्यालयका रोशन चदारा १०.९० मिटरका साथ प्रथम भए। रिलुचौर माध्यमिक विद्यालयका खेलाडी १०.२६ मिटर जम्प गर्दै दोस्रो र घचाया माध्यमिक विद्यालयका सितल खड्का ९.७५ मिटरका साथ तेस्रो भए।
ट्रिपलजम्प छात्रातर्फ कुलमष्टाजन मा वि की स्मृति उपाध्यायले ८.६२ मिटर जम्प गर्दै प्रथम स्थान प्राप्त गरिन्। रिलुचौर मा वि की प्रिङ्का रोकाया दोस्रो (८.२२ मिटर) र शारदा मा वि की चाँदनी खड्का तेस्रो (८.०३ मिटर) भइन्।
३००० मिटर दौड छात्रातर्फ कुलमष्टाजन माविका प्रदीप बस्याल प्रथम, सोही विद्यालयका मुकेश धामी दोस्रो र रिलुचौर माविका प्रदीप बोहरा तेस्रो भए।
छात्रातर्फ ३००० मिटर दौडमा कुलमष्टाजन मा वि की बसन्ती धामी प्रथम, घचाया मा वि की दुदा आग्री दोस्रो र शारदा मा वि की आशा खड्का तेस्रो भएकाे मष्टा गाउपालिका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख पृथ्थुराज जाेशिले जानकारि दिए ।
सटपुट छात्रतर्फ कुलमष्टाजन मा वि का सुग्रीव सुनार प्रथमर कुलमष्टाजन मा बि कै दीपेश द्वाल दोस्रो र घचाया माविका विकास खड्का तेस्रो भए।
सटपुट छात्रातर्फ कुलमष्टाजन मा वि की बसन्ती धामीले ६.८९ मिटर टाढा फाल्दै प्रथम स्थान हासिल गरिन्। रिलुचौर माविकी सम्झना बोहरा दोस्रो (६.३१ मिटर) र कुलमष्टाजन मा वि की निसा अधिकारी तेस्रो (६.२३ मिटर) भइन्।
ज्याभलिन थ्रो छात्रतर्फ घचाया मा वि का रबिन्द्र खड्काले ३५.२९ मिटर टाडा फाल्दै प्रथम भए। कुलमष्टाजन मा वि का रोशन चदारा दोस्रो (३३.९७ मिटर) र प्रसान्त द्वालले (३१.२९ मिटर) तेस्राे स्थान प्राप्त गरेकाे मष्टा गाउपालिका युवा शिक्षा तथा खेलकुद शाखा शिक्षा अधिकृत वश्व
काेईरालाले जानकारि दिए ।
- ज्याभलिन थ्रो छात्रातर्फ कुलमष्टाजन माविकी रेस्मिता कठायत १८.९९ मिटरका साथ प्रथम, र साेहि बिध्यालयकि निसा अधिकारी दोस्रो (१७.२९ मिटर) र रिलुचौर माविकी सुस्मिता आग्री तेस्रो (१६.४६ मिटर) स्थान हासिल गरिन
यस्तै, भलिबल छात्रतर्फ सेमिफाइनल खेलहरू सम्पन्न भएकाे भलिबल एम्पाईर कलक बिक ले जानकारि गरेका छन । भने छात्रा तर्फ पहिलाे चरणका खेल भएका छन । कबड्डीतर्फ छात्र र छात्रा दुवै तर्फ पहिलाे चरणका खेलहरू सञ्चालन भएका छन्।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनका खेलहरू सफलता पूर्वक सम्पन्न भएकाे मष्टा खेलकुद समिति सदस्य कमल राेकाया ले बताएका छन । भाेलि बिहान ९ बजे देखि खेल सुरु हुने आयाेजक बिध्यालयका बिध्यालयल ब्यबस्थापन समितिका अध्यक्ष एकेन्द्र बहादुर सिह ले बताएका छन ।



























