विज्ञापन

मष्टा गाउँपालिकाको १३औँ गाउँसभा अधिवेशन सम्पन्न, महत्वपूर्ण विधेयक पारित

विज्ञापन
Image
विज्ञापन

माया कुमारी  ताडि बझाङ –  मष्टा गाउँपालिका गाउँसभाकाे १३औँ अधिवेशन आज सम्पन्न भएको छ। हिउँदे अधिवेशनका रूपमा सम्पन्न गाउँसभाको सभा संचालन सभाअध्यक्षता  तथा मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले गर्नुभएको थियो।
अधिवेशनले विशेषगरी कानुन निर्माण तथा कार्यविधि सम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्दै गाउँपालिकाको सुशासन, पारदर्शिता र विकास निर्माणलाई थप सुदृढ बनाउने उद्देश्य लिएको छ। गाउँसभामा प्रस्तुत विभिन्न कानुनी विधेयकहरूमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको  मष्टा गाउपालिका प्रबक्ता उत्तमराज जाेशिले बताएका हुन ।
अधिवेशनले आर्थिक अनुशासन, वित्तीय उत्तरदायित्व, बेरुजु फर्छ्योट, लेखा प्रणालीको सुदृढीकरण तथा गाउँसभा सचिवालयको प्रभावकारी सञ्चालनलाई केन्द्रमा राख्दै चारवटा विधेयक तथा कार्यविधि पारित गरेको मष्टा गाउपालिका अार्थिक प्रसासन शाखा प्रमुख गगन गुर्धामि ले बताएका छन । यी कानुनहरूले गाउँपालिकामा सुशासन र जवाफदेहिता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
गाउँसभा अधिवेशनबाट पारित   विधेयकहरू ब्यबस्थित गरि   कार्यन्वयन गर्ने मष्टा   गाउपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत रमेश कुमार खड्काले जानकारि दिए।
सभाका सदस्य कलक बहादुर थापा ले  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ सभामा पेस गरेका थिय भने
बेरुजु फर्छ्योट कार्यविधि, २०८२ सभा सदस्य शिबराज बाेहरा ले गर्नु भयाे  त्यसैगरि गाउसभा सदस्य रामचन्द्र राेकायाले लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि, २०८२ सभा समक्ष पेस गरेका थिय ।
गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि, २०८२ गाउसभा सदस्य प्रकाश अाेखेडाले  पेस गरेका थिय
अधिवेशनमा बोल्दै गाउँपालिका अध्यक्ष तथा गाउसभा सभाअध्यक्ष  बोहराले कानुन निर्माणले स्थानीय तहलाई अझ उत्तरदायी, पारदर्शी र जनमुखी बनाउने बताउँदै विकास निर्माणका कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो साथै मष्टा गाउपालिका मा फाईबर नेट , सिचाई कुला निर्माण र  गाउपालिका सम्म जाेडिने पक्कि सडक काे कामले चाडै परिणामुखि हुने बताएका छन ।  साथै, पारित विधेयकहरूको कार्यान्वयनबाट मष्टा गाउँपालिकामा सुशासन स्थापना र जनताको विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन