माया कुमारी ताडी
बझाङ – जयपृथ्वी नगरपालिकाले २०७९ साल कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित भई घर पुनर्निर्माण तथा मर्मतका लागि सम्झौता गरिसकेका लाभग्राहीलाई पहिलो चरणको कार्य अघि बढाउन आग्रह गरेका छ।
नगरपालिकाले भूकम्पबाट प्रभावित भई पुनर्निर्माण तथा मर्मतका लागि सम्झौता भएका लाभग्राहीहरूले तोकिएको प्रक्रिया अनुसार कार्य अघि बढाउनुपर्ने जय पृथ्वी नगरपालिकाका उपप्रमुख रतनबहादुर सिंहले बताउनुभएको छ। सम्झौता गराएअनुसार लाभग्राहीहरूले सम्बन्धित वडाको कार्यालयमा गई प्राविधिकहरूसँग समन्वय गरी मापदण्ड अनुसार निर्माण कार्य अगाडि बढाउनु पर्ने जय पृथ्वी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नैन बहादुर सिंहले बताउनुभएको छ।
भूकम्प प्रभावित नागरिकहरुलाई पुनर्निर्माण कार्यमा संलग्न भई पुननिर्माण र मर्मत गर्नुपर्ने घरहरू समयमै सम्पन्न गर्ने कुरामा विश्वस्त रहेको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले बताउनुभएको छ।
पुननिर्माण तथा मर्मत कार्यहरूमा समयमै सुरु नगरे पुननिर्माण तथा मर्मत कार्यहरूमा समस्या आउन सक्ने भएकाले सम्बन्धित सबै लाभग्राहीलाई गम्भीर हुनसमेत आग्रह गरेको छ।



























