मष्टा गाउँपालिकामा नेकपाको वडा भेटघाट तथा एकता सन्देश अभियान तीव्र
नेपाल कम्युनिष्ट पार्टी मष्टा गाउँपालिकाले वडा भेटघाट तथा वडा कमिटीका बैठकहरू गर्दै पार्टीको एकता सन्देश वडा तहसम्म लैजाने निर्णय गरेको छ। सोही निर्णयअनुसार आज मष्टा गाउँपालिका वडा नं. ३ मा वडा कमिटीको बैठक सम्पन्न भएको छ।
राज बि. कठायतको अध्यक्षतामा सुरु भएको बैठकमा हर्क धामी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। अन्य अतिथिहरूमा नेकपाका नेता शिवराज बोहरा, रमेश जेठारा, देविचन्द्र बुढा, रामचन्द्र रोकाया, जोग बि. कठायत, प्रकाश ओखेडा, केशवराज जोशी, जोग ब.धामी, धर्मराज धामी, बरुण जोशी, मदन कठायत, जोग ब. धामी सेर ब सार्कि लगायत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विष्णुप्रसाद जोशीले गर्नुभएको थियो।
बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ। साथै, मष्टा गाउँपालिकाका अन्य वडाहरूमा पनि एकता सन्देश बैठकका मिति तय भइसकेकाले सबै वडामा नेताहरू सहभागी भई कार्यक्रम सञ्चालन गरिने नेकपाका नेता शिवराज बोहराले जानकारी दिनुभयो।
विज्ञापन

मष्टा गाउँपालिकामा नेकपाको वडा भेटघाट तथा एकता सन्देश अभियान तीव्र
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











