माया कुमारी ताडि
बझाङ – केदारस्युँ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ का लागि स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सञ्चालन हुने भएको छ। गाउँ कार्यपालिकाको निर्णय अनुसार रनिङ शील्ड प्रतियोगिता २०८२ साल पुस २४ गतेदेखि पुस २७ गतेसम्म सञ्चालन गरिने केदारस्यु गाउपालिका सुचना अधिकारि लेखराज रावल ले बताएका छन
रनिङ शिल्ड प्रतियोगिता भैरव माध्यमिक विद्यालय, केदारस्युँ–१, झाेताको खेल मैदानमा आयोजना गरिनेछ। प्रतियोगितामा केदारस्युँ गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरूबाट कक्षा १२ सम्म अध्ययनरत तथा १८ वर्ष उमेर ननाघेका विद्यार्थी–खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन्।
गाउँपालिकाले प्रतियोगितामा समावेश हुने खेलाडीहरूको विवरण तोकिएको ढाँचामा भरी जन्मदर्ता प्रमाणपत्र, फोटो तथा शैक्षिक योग्यताको ८ कक्षा वा १० कक्षाकाे अन्तिम प्रमाणपत्र संलग्न गरी कार्यालय समयमा पेश गर्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भइसकेका खेलाडीहरूलाई यस प्रतियोगितामा सहभागी नगराइने पनि शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ले बताएका छन।
एथलेटिक्सतर्फ सहभागी प्रत्येक खेलाडीले कम्तीमा एक फिल्ड र दुई ट्र्याक वा दुई फिल्ड र एक ट्र्याक इभेन्टमा सहभागिता जनाउनुपर्ने व्यवस्था गरिएको छ। भलिबल र कबड्डी खेलमा भने प्रति विद्यालय ९/९ जना खेलाडी मात्र सहभागी हुन पाउनेछन्।
खेलाडीहरूको खाना, खाजा, जर्सी/पोशाक तथा सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्बन्धित विद्यालय हुने जनाइएको छ। साथै खेल अनुशासन कायम गर्नुपर्ने र अनुशासन विपरीत कार्य गर्ने खेलाडी तथा विद्यालयमाथि आवश्यक कारबाही गरिने केदारस्यु गाउपालिका खेलकुद समितिले जानकारि दिइएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासम्बन्धी आवश्यक छलफलका लागि २०८२ साल पुस २० गते सम्बन्धित विद्यालयका प्रधानाध्यापक , खेलकुद समिति सराेकारबालार खेल प्रशिक्षक शिक्षकहरु लाई केदारस्युँ गाउँपालिकाको सभा हलमा उपस्थित हुन अनुरोध गरिएकाे केदारस्यु गाउपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत केशबराज भट्ट ले बताएका छन ।
गाउँपालिकाले यस प्रतियोगितामार्फत स्थानीय तहमा खेलकुदको विकास, विद्यार्थीहरूको प्रतिभा पहिचान तथा स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेकाे गाउपालिका अध्यक्ष गणेश बाेहराले जानकारि दिएका छन ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगितामा १३ मा बि बिध्यालयहरु सहभागी हुने केदारस्यु गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ले जानकारि दिएका छन ।उक्त सहभागी बिध्यालयहरु
१-रत्न मा.वि पाउटा
२- भवानी मा. वि बाझ
३-जगन्नाथ मा. वि सैन्सु
४-शिक्षदय मा. वि बाग्थला
५-नवादेव मा. वि भाडसैन
६-बेताल मा.वि देउरा
७-भवानी मा. वि डुडिल
८-भैरव मा. वि झोता
९-कैलाश मा.वि लोतु
१०-कैलाश भवानी मा. वि कोटेली
११-सुर्मा भवानी मा.वि काँडाचौर
१२-चन्द्रदय मा.वि भाडसैन
१३-गर्जेपानि मा. वि रायल
विज्ञापन

पुस २४ गते देखि केदारस्युँ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











