विज्ञापन

केदारस्युँ गाउँपालिकामा रेबिज रोगको पुष्टि, सतर्कता अपनाउन आग्रह

विज्ञापन
Image
विज्ञापन

माया कुमारी ताडि

बझाङ । केदारस्युँ गाउँपालिका–५ बहुराडिमा रेबिज रोगको संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिकाको कार्यालयले जारी गरेको  सूचनाअनुसार मिति २०८२/०९/१३ गते रेबिज रोगजस्तै लक्षण देखिएको एक जनालाई कुकुरले टोकेको घटनापछि थप परीक्षणका लागि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीमा नमुना पठाइएको थियो। परीक्षणका क्रममा सो नमुना पोजेटिभ देखिएपछि वडा क्षेत्रमा रेबिज संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएपछि  कार्यालयले सम्बन्धित क्षेत्रमा कुकुरलाई नियन्त्रणमा राख्न  जनाएको छ। साथै, कुकुर तथा अन्य जनावरमा रेबिज रोग फैलिन नदिन आवश्यक सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।
गाउँपालिकाले केदारस्युँ गाउँपालिका भरि कुकुर, बिरालो, लगायत जनावरमा रेबिज रोगका लक्षण देखिएमा तत्काल गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ। रेबिज रोग मानिसका लागि समेत प्राणघातक हुन सक्ने भएकाले जनावरले टोकेको अवस्थामा ढिलाइ नगरी स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने र समबन्धि निकायलाई  जानकारि  गराउनु पर्ने गाउपालिका अध्यक्ष गणेश बाेहराले बताएका छन
गाउँपालिकाका नि.  प्रमुख प्रशासकीय अधिकृत केशव राज भट्टले रेबिज नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको भन्दै सचेतना अपनाउन र अफवाहमा नपर्न समेत आग्रह गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन