विज्ञापन

मष्टा गाउँपालिकामा पुस २५ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने

विज्ञापन
Image
विज्ञापन

माया कुमारि ताडि

बझाङ – मष्टा गाउँपालिकाले मिति २०८२/९/२५ गतेदेखि २७ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष फरक–फरक विद्यालयमा आयोजना हुँदै आएको रनिङ शिल्ड प्रतियोगिता यस वर्ष मष्टा गाउँपालिका वडा नं. १ स्थित सरस्वती विद्या मन्दिर माध्यमिक विद्यालय, रनाडाको प्राङ्गणमा सञ्चालन हुने भएको हो।
अघिल्ला बर्षहरुमा मष्टा  गाउँपालिका वडा नं. ४ मा रहेको कुलमष्टाजन माध्यमिक विद्यालय, भातेखोला हुँदै त्यसपछि रिलुचौर माध्यमिक विद्यालय, रिलु तथा अघिल्लो वर्ष मष्टा गाउँपालिका वडा नं. २ स्थित शारदा माध्यमिक विद्यालय, तिनगाउँमा प्रतियोगिता सम्पन्न भएको थियो। तिनगाउँमा सम्पन्न समापन कार्यक्रममा सरस्वती विद्यामन्दिर रनाडाले नेपाली झण्डा ग्रहण गर्दै यस वर्षको रनिङ शिल्ड प्रतियोगिता आफ्नो विद्यालय परिसरमा आयोजना गर्ने जिम्मेवारी पाएको थियो।
मष्टा गाउँपालिका कार्यपालिकाको मिति २०८२/९/१४ गते बसेको बैठकले पुस २५ गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिसकेको र हाल प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढिरहेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पृथुराज जोशीले जानकारी दिनुभयो।
यस वर्षको रनिङ शिल्ड प्रतियोगिता अझ व्यवस्थित बनाउन गाउँपालिकाबाट फिल्ड निर्माण तथा अन्य व्यवस्थापन गरिँदै आएको गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहोराले बताउनुभयो। अघिल्ला वर्षहरूमा केही  अभाव र फिल्ड साना हुदा   कार्यक्रम समयमै सम्पन्न गर्न कठिनाइ भएको अनुभवलाई मध्यनजर गर्दै यस वर्ष सिकाइलाई प्राथमिकतामा राखेर काम गरिने वडा नं. १ का वडा अध्यक्ष तथा युवा तथा खेलकुद शाखा संयोजक रामचन्द्र रोकायाले जानकारी दिनुभयो।
सहभागी विद्यालयहरूको बसाइ व्यवस्थापनदेखि लिएर कार्यक्रम मर्यादित र समयमै सम्पन्न गर्न गाउँपालिकाको सम्पूर्ण टिम सक्रिय रूपमा लागिपर्ने मष्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर खड्काले बताउनुभयो।
उक्त रनिङ शिल्ड प्रतियोगितामा मष्टा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालय सहभागी हुनेछन्सहभागी विद्यालयहरू
मष्टा गाउपालिका वडा नं. १ सरस्वती माध्यमिक विद्यालय, रनाडा र घचाया माध्यमिक विद्यालय, कोटदेवल
मष्टा  गाउपालिक वडा नं. २ शारदा माध्यमिक विद्यालय, तिनगाउँ
मष्टा गाउपालिका  वडा नं. ४ कुलमष्टाजन माध्यमिक विद्यालय, भातेखोला
मष्टा गाउपालिका वडा नं. ६  रिलुचौर माध्यमिक विद्यालय रिलु
मष्टा  गाउपालिका वडा नं. ७ हिमालय माध्यमिक विद्यालय, ठकुन्ना  सहभागी हुने मष्टा गाउँपालिका खेलकुद समिति सदस्य कमल रोकायाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन