विज्ञापन

नेपाल कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण सहमति

विज्ञापन
Image
विज्ञापन

माया कुमारि ताडि
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरणसम्बन्धी सहमति भएको छ। दुवै दलले संयुक्त रूपमा सहमति–पत्रमा हस्ताक्षर गर्दै समाजवादी आन्दोलनलाई सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्।
सहमति–पत्रमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकतालाई राष्ट्रिय विशेषता मानिएको छ। लोकतन्त्र, सामाजिक न्याय, समानता, समावेशिता र समाजवाद उन्मुख राज्य निर्माणका लागि दुवै पार्टी एकीकृत भएर अघि बढ्ने सहमति गरिएको छ।
सहमति अनुसार पार्टी तथा राज्यका विभिन्न निकायमा विगतमा भएका कमजोरीको समीक्षा गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायको माध्यमबाट समाजवादतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै मुलुकको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने विषयमा एकमत जनाइएको छ।
एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा रहने सहमति भएको छ। नागरिक उन्मुक्ति पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाल कम्युनिस्ट पार्टीका सदस्य रहने व्यवस्था गरिएको छ।
सहमति–पत्रमा महिला, थारु, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्ग तथा सीमान्तकृत समुदायको समानुपातिक समावेशीकरणलाई राज्यका सबै तहमा सुनिश्चित गर्ने उल्लेख गरिएको छ। श्रमिक वर्ग र उत्पीडित समुदायको एकतामार्फत राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्य पनि दस्तावेजमा समेटिएको छ।
साथै टीकापुर घटनासम्बन्धी मुद्दामा कैदमा परेका व्यक्तिहरूलाई राजनीतिक आधारमा लगाइएका मुद्दा खारेज गर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ।
उक्त सहमति–पत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्। सहमति २०८२ पुष १४ गते सम्पन्न भएको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन