विज्ञापन

बझाङमा नेपाली कम्युनिष्ट पार्टीको उत्साह बढ्दो, उम्मेदवार सिफारिस

विज्ञापन
Image
विज्ञापन
  • बझाङमा नेपाली कम्युनिष्ट पार्टीको उत्साह बढ्दो, उम्मेदवार सिफारिस
    बझाङ जिल्लामा नेपाली कम्युनिष्ट पार्टीको हालै बसेको बैठकले आगामी मिति २०८२/११/२१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। बैठकबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ भानुभक्त जोशी, मीनबहादुर कुवर, दिलबहादुर सिंह र देवकी मल्ल सिफारिस भएका छन्।
    त्यसैगरी समानुपातिकतर्फ शंकर खड्का, धुम्बारा परिवार ठकुन्ना, कलक विक र राधिका रताला सिफारिस भएका छन्।
    जेन्जी (युवा) कोटाअन्तर्गत देविजंग सिंह, पुष्पलाल रोकाया, दिपेन्द्र सिंह, जयन्ती जोशी र गौरव भट्टले दाबी प्रस्तुत गरे पनि सो विषयमा हालसम्म सहमति जुट्न सकेको छैन।
    नेपाली कम्युनिष्ट पार्टीको एकता तथा पुस २ गते आयोजित एकता सन्देश सभाको सकारात्मक प्रभावका कारण बझाङ जिल्लामा पार्टीप्रतिको उत्साह उल्लेखनीय रूपमा बढेको नेताहरूले बताएका छन्।
    अक्कल धामीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शंकर खड्का, मीनबहादुर कुवर, देवकी मल्ल, जनक बुढा, राधिका रताला, रणबहादुर बम लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन रतनबहादुर सिंहले गरेका थिए।
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन