विज्ञापन

दुर्गाथली गाउँपालिका पूर्ण खोप गाउपालिका घोषणाः

विज्ञापन
Image
विज्ञापन

“स्थानिय स्राेतकाे उपयाेग, स्वामित्व र सहभागिता — पुर्ण खाेप सुनिश्चितता हाम्राे प्रतिबद्धता” भन्ने मूल नाराका साथ आज दुर्गाथली गाउँपालिकामा विशेष कार्यक्रमकाे आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ।

गाउँपालिका अध्यक्ष दिल बहादुर थापा ‘तुफान’ को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहरा थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जनक दौल्याल, विभिन्न वडाका वडा अध्यक्षहरू, सुरक्षा निकायका प्रमुख, गाउँसभा सदस्यहरू, स्वास्थ्यकर्मीहरू, स्वयंसेविका तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पूर्ण खोप अभियानमा स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा समुदायको सहकार्य महत्वपूर्ण रहेको भन्दै आगामी दिनहरूमा पनि यस्ता जनस्वास्थ्यका कार्यक्रमहरूमा समान योगदानको आवश्यकता औँल्याए।

दुर्गाथली गाउँपालिकाको यो पहलले समग्र जिल्लामा स्वास्थ्य सुरक्षाको क्षेत्रमा प्रेरणादायी कदमको रूपमा लिइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन