विज्ञापन

मष्टा गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मानस्वरूप न्यानो सामग्री वितरण

विज्ञापन
Image
विज्ञापन

मष्टा गाउँपालिका–१ का ५२ जना जेष्ठ नागरिकलाई एक कार्यक्रमका बीच न्यानो सामग्री वितरण गरिएको छ। प्रत्येक जेष्ठ नागरिकलाई एक सिरक, एक डसना, एक सिरानी र एक तन्ना वितरण गरिएको हो।

वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र रोकाया (आर.सी.) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उनले जेष्ठ नागरिकहरूलाई वडा कार्यालयको तर्फबाट सानो सहयोगस्वरूप यो सामग्री प्रदान गरिएको बताए। उनले भने, “हामीले यो सहयोगबाट हजुरबुबा–हजुरआमालाई अभिभावकत्वको अनुभूति दिलाउन खोजेका हौं। वडाले सधैं तपाईहरूको साथमा छ, कुनै आवश्यक सहयोग पर्दा वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।” साथै, आगामी वर्ष थप जेष्ठ नागरिकका लागि विभिन्न सामग्री वितरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा कार्यपालिका सदस्य प्रकाश ओखेडा, तुलसी द्वाल, वडा सदस्य कलक थापा, शिवराज खड्का, जुन्धारा सार्कीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव सूर्यप्रकाश जोशीले गरेका थिए।

सामग्री प्राप्त गरेका जेष्ठ नागरिकहरूले खुसी व्यक्त गर्दै वडा कार्यालय तथा जनप्रतिनिधिहरूप्रति आभार प्रकट गरे। उनीहरूले सरकारबाट यस्ता सहयोग निरन्तर पाउन चाहेको धारणा राखे।

यसै क्रममा, जेष्ठ नागरिक हासु सार्कीले भोट दिएर जिताएका जनप्रतिनिधिहरूले समाजमा सकारात्मक काम गरिरहेको देख्दा गर्व लागेको बताए।

वडा कार्यालयको यो पहलले जेष्ठ नागरिकहरूको सम्मान र हेरचाहलाई प्राथमिकता दिएको देखिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन