बझाङका ८ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइए
बझाङ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बझाङका आठ वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। यसअघि लामो समयदेखि स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर स्थानीय तह सञ्चालन हुँदै आएको थियो।
मन्त्रालयले हालै खटाएका प्रमुख प्रशासकीय अधिकृतहरू यसप्रकार छन्:
१) बुंगल नगरपालिका – तारा नाथ पनेरु
२) जयपृथ्वी नगरपालिका – सुनिल ठकुल्ला
३) केदारस्युँ गाउँपालिका – दिपेन्द्र सिंह बिष्ट
४) खप्तडछान्ना गाउँपालिका – विजय प्रकाश गिरी
५) मष्टा गाउँपालिका – कृष्णराज जोशी
६) बित्थडचिर गाउँपालिका – श्रीधर ज्ञवाली
७) साईपाल गाउँपालिका – सन्देश प्रसाद जोशी
८) सुर्मा गाउँपालिका – सिद्धराज पण्डित
मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले विगतमा पनि मन्त्रालयले अधिकृतहरू खटाए पनि गाउँपालिकामा हाजिर नगरी बीचैमा सरुवा हुने प्रथाले स्थानीय तह सञ्चालनमा समस्या देखिएको बताएका छन्। उनले यसपटक खटाइएका अधिकृतहरू समयमै गाउँपालिकामा उपस्थित हुने र स्थानीय तहको कार्य सुचारु हुने आशा व्यक्त गरेका छन्।























