विज्ञापन

मष्टा  गाउपालिका वडा न . १ समदेउ नाउकुन्टामा ३ कराेड बिनियाेजित खेलमैदान काे पुर्ब मन्त्रि द्वारा  निरक्षण

विज्ञापन
Image
विज्ञापन
  1.  मष्टा  गाउपालिका वडा न . १ समदेउ नाउकुन्टामा ३ कराेड बिनियाेजित खेलमैदान काे पुर्ब मन्त्रि द्वारा  निरक्षण

बझाङ, भदौ १० – मष्टा गाउँपालिका–१ समदेउ नाउकुन्टामा संघीय सरकारले विनियोजन गरेको ३ कराेड रुपैयाँको बजेटमा निर्माण हुन लागेको खेलमैदानको पूर्व सामान्य प्रशासन मन्त्री तथा बझाङ प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले निरक्षण गरेका छन्।

उक्त क्षेत्रमा  पूर्व मन्त्री जोशीसँगै संविधान सभा सदस्य अफिलाल ओखेडा, मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी कैलास ठकुराठी, पूर्व जयपृथ्वी नगर प्रमुख विरेन्द्रबहादुर खड्का, मष्टा–१ का वडाध्यक्ष रामचन्द्र रोकाया, जयपृथ्वी नगरपालिका–३ का वडाध्यक्ष गंगबहादुर खड्का, नापी तथा मालपोत कार्यालयका प्रतिनिधि लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

पूर्व मन्त्री जोशीले समदेउ नाउकुन्टामा बन्ने खेलमैदान जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान बन्ने विश्वास व्यक्त गरे। उनले संरचना निर्माणका लागि विनियोजित रकम सदुपयोग गर्ने र सेती नदी किनारमा रहेकाले आरसिसी तटबन्धन र संरक्षणका लागि केन्द्रसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलमैदानलाई व्यवस्थित बनाउन थप बजेटको आवश्यकता हुने भन्दै उनले निरन्तर पहल गर्ने बताए।

भविष्यमा सो मैदानमा प्यारासुड समेत  सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउँदै जोशीले यसका लागि सरोकारवालाको सहकार्य अपेक्षा गरेका छन्। सदरमुकाम नजिक रहेको र सुविधासम्पन्न बन्न सक्ने सम्भावना भएकाले खेलमैदानलाई छिट्टै निर्माण कार्य अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन