नेकपा माओवादि केन्द्र प्रबास संगठन नेपाली समाजद्वारा भव्य जनवादी तीज कार्यक्रम सम्पन्न
कर्नाटक राज्य, भारत – नेकपा माओवादी केन्द्र सम्बद्ध प्रवास संगठन नेपाली समाज भारत कर्नाटक राज्य समिति अन्तर्गत उत्तर ए नगरको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
भागीरथि सिंहको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष ऐन बहादुर रावल प्रमुख अतिथि रहनुभयो। त्यसै गरी केन्द्रीय उप महासचिव बिर्खलाल ओड ‘देवराज थापा केन्द्रीय सदस्य राकेश ओड, केन्द्रीय सदस्य तथा उत्तर ए नगर इञ्चार्ज कुबेर ऐडी ‘सागर’ र सह–इञ्चार्ज प्रेम कुमार बिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
प्रवासनमा रहेका समर्थक, शुभचिन्तक र स्थानीय नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा तीजलाई विशेष बनाइने उद्देश्य सहित देउडा नृत्य लगायतका सांस्कृतिक प्रस्तुति गरिएको थियो।
नेपाली समाज भारत, कर्नाटक राज्य समितिका अनुसार यस्ता कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, सांस्कृतिक संरक्षण र संगठनात्मक रुपमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।























