बझाङका स्थानीय तहहरूको LISA नतिजा सार्वजनिक
काठमाडौं, २०८२ भदौ ८– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौंले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजनिक गरेको छ । गुणस्तर परीक्षण पश्चात् स्वीकृत भएको यस नतिजा अनुसार बझाङ जिल्लाका स्थानीय तहहरूले विभिन्न अंक प्राप्त गरेका छन् ।
जिल्लाभित्र केदारस्यूँ गाउँपालिका ७९.७५ अंकसहित पहिलो स्थानमा रहँदा, मष्टा गाउँपालिका ७६.७६ अंकसहित दोस्रो र जयपृथ्वी नगरपालिका ७२.५० अंकसहित तेस्रो स्थानमा परेका छन् ।
त्यसैगरी अन्य स्थानीय तहहरूको अंक
थलारा गाउँपालिका – ७१.५०
बित्थडचिर गाउँपालिका – ७०.००
खप्तड छान्ना गाउँपालिका – ६८.७५
तालकोट गाउँपालिका – ६७.५०
छबिस पाथिभरा गाउँपालिका – ६७.२५
साइपाल गाउँपालिका – ६४.००
दुर्गाथली गाउँपालिका – ६४.००
सूर्मा गाउँपालिका – ६२.००
बुंगल नगरपालिका – ५७.५०
उक्त मूल्याङ्कनमा बुंगल नगरपालिका सबैभन्दा कम अंक ल्याउँदै जिल्लामा अन्तिम स्थानमा परेको छ ।
मन्त्रालयका अनुसार स्थानीय तहहरूको कार्यक्षमता, सेवा प्रवाह, योजना कार्यान्वयन, सुशासन र विकास व्यवस्थापनलाई आधार मानेर गरिएको मूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरिएको हो । याे मुल्याकनले गाउपालिका तथा नगरपालिका लाई थप सुधार्न लागि पर्ने अपेक्षा गरिएकाे छ ।























