मष्टा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम उत्साहपूर्वक सम्पन्न
बझाङ, मष्टा – माया कुमारि ताडि
मष्टा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराको शब्दवाचनबाट कार्यक्रमको औपचारिक उद्घाटन गर्दै राष्ट्रियगान गाएर तथा ज्ञात–अज्ञात सहिदप्रति एक मिनेट मौनधारण गरी कार्यक्रम सुरु गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाको आर्थिक प्रशासन शाखाका प्रमुख गगन गुर्धामीले आय–व्यय विवरण प्रस्तुत गरी आ.व. २०८१/०८२को आम्दानी र खर्चको विस्तृत जानकारी दिए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डिबी बिष्ट, रूपक खड्का, वृर्ख बोहरा, भुमिराज पिठातोली, झलक सिंह लगायतको संयोजन तथा सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्क धामी, वडा नं. १ का अध्यक्ष रामचन्द्र रोकाया, वडा नं. ३ का अध्यक्ष धर्म धामी, वडा नं. ४ का अध्यक्ष उत्तमराज जोशी, वडा नं. ५ का अध्यक्ष सुधन कठायत, वडा नं. ६ का अध्यक्ष सिवराज बोहरा, निमित्त प्रमुख प्रशासनिक अधिकृत रमेश खड्का, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, कर्मचारीहरू र आम नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी जनताले सार्वजनिक सरोकारका विविध विषयमा प्रश्नहरू राखेका थिए, जसको जवाफ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, प्रमुख प्रशासनिक अधिकृत र शाखा प्रमुखहरूले जवाफ दिएका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा आम जनताको उत्साहजनक सहभागिता रहनुका साथै स्थानीय तहप्रतिको विश्वास र सक्रियताले कार्यक्रमलाई सफल बनाएको सहभागिहरूको धारणा रहेको छ।























