विज्ञापन

गेटा मेडिकल कलेजकाे यात्रा मा प्रचण्ड पथ

विज्ञापन
Image
विज्ञापन

गेटा मेडिकल कलेजकाे यात्रा मा प्रचण्ड पथ

काठमाडौँ – सुदूरपश्चिम नेपालको शैक्षिक र स्वास्थ्य पूर्वाधार विकासमा ऐतिहासिक मानिएको गेटा मेडिकल कलेजको यात्राले लामो समयदेखि उतार-चढाव पार गर्दै साकार रुप लिन थालेको छ। यस यात्रामा तीन पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भूमिकालाई विशेष गरी स्मरण गरिन्छ।

२०५६ सालमा गेटा आँखा अस्पताल नजिकै ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि छुट्याएर सुरु भएको यो अभियान आजसम्म आइपुग्दा विश्वविद्यालयको रुपमा परिणत भइसकेको छ।

२०६५ सालमा प्रधानमन्त्री दाहालको पहिलो कार्यकालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन भयो। त्यसपछिको वर्ष, २०६६ मा राष्ट्रिय योजना आयोगमार्फत ११ करोड रुपैयाँ विनियोजन गर्दै “गेटा मेडिकल कलेज संरचना विकास समिति” गठन गरियो।

२०७१ सालमा शिलान्यास तथा वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न गरियो। तर, रूख कटानको विषयमा विवादले निर्माणमा केही समय अवरोध आयो।

२०७४ मा प्रधानमन्त्री दाहालकै दोस्रो कार्यकालमा पूर्वाधार निर्माण कार्यले तीव्रता पायो।

२०७९ मा तेस्रो कार्यकालका प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई “सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय”को रूपमा विकास गर्ने नीति निर्णय गरे। प्रारम्भिक चरणमा २०० शैयाको अस्पताल सञ्चालनका लागि अस्थायी र अन्तरिम दरबन्दी संरचना तयार गरी अर्थ मन्त्रालयमा पेश गरियो र स्वीकृति समेत प्राप्त भयो।

२०७९ कै अन्त्यतिर शिक्षा मन्त्रालयले विश्वविद्यालय सम्बन्धी विधेयक तयार गर्न थाल्यो। नागरिक समाजबाट गोकर्ण भट्ट र भीम चन्द विधेयक मस्यौदा समितिमा सदस्य नियुक्त भए।

२०७९ अन्त्यतिर विधेयक तयार भई प्रचण्ड नेतृत्वको मन्त्रीपरिषदबाट निर्णय भई राष्ट्रिय सभामा पेश गरियो। अन्ततः २०८२ सालमा विधेयक पारित भई गेटा मेडिकल कलेज “सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय”का रूपमा औपचारिक रुपमा स्थापित भयो।

यो लामो यात्रा केवल एक मेडिकल कलेजको मात्र नभई, सुदूरपश्चिमको स्वास्थ्य शिक्षा र सेवा क्षेत्रमा महत्वपूर्ण मीलका पत्थरका रूपमा लिइन्छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन