विज्ञापन

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट पारित, सुदूरपश्चिमको विकासमा प्रचण्डकाे साथ

विज्ञापन
Image
विज्ञापन

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट पारित, सुदूरपश्चिमको विकासमा प्रचण्ड काे साथ

काठमाडौं – पुर्ब प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वकालमा नेपालकै सामाजिक-आर्थिक रूपान्तरणमा टेवा पुर्‍याउने उद्देश्यसहित प्रस्ताव गरिएको गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक अन्ततः संघीय संसदबाट पारित भएको छ।

पुर्ब प्रधानमन्त्रि प्रचण्डले आफ्नो कार्यकालमा उक्त विधेयक संसदमा दर्ता गराएका थिए। सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तथा शैक्षिक पूर्वाधार सुदृढ पार्ने उद्देश्यले ल्याइएको यो विधेयकको माध्यमबाट गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने मार्ग प्रशस्त भएको छ।

निर्माणाधीन भवनहरूको निरीक्षणका क्रममा प्रचण्डले सुदूरपश्चिमका जनताको आकांक्षा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, “यो विश्वविद्यालय गरेरै छाड्छु,” भनी दृढता व्यक्त गरेका थिए।

यो निर्णयसँगै सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य शिक्षामा गुणस्तरीय सुधार आउने अपेक्षा गरिएको छ, साथै यसले स्थानीय रोजगारी, सेवा प्रवाह र समग्र विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन