मष्टा गाउँपालिका वडा नं. १ को कार्यालयद्वारा आयोजित दुई दिने तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ। २०८१ साल चैत १७ र १८ गते सञ्चालन गरिएको उक्त तालिममा ३० जना कृषकहरूको सहभागिता रहेको थियो।
वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र रोकायाका अनुसार तालिमले कृषकहरूलाई आधुनिक कृषि प्रविधि सिकाउनुका साथै आम्दानी वृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।
तालिममा कार्यपालिका सदस्य प्रकाश ओखेडा, वडा सदस्यहरू कलक थापा, शिवराज खड्का, जुन्धारा सार्की, कृषि प्राविधिक सुरज बिक, तथा वडा सचिव सूर्य प्रकाश जोशीको उपस्थिति रहेको थियो।
तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आयोजक पक्षले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्























